फोहोर बोकेका गाडी स्थानीयद्वारा तोडफोड

फोहोर बोकेका गाडी स्थानीयद्वारा तोडफोड

राजधानीको फोहोर बिसर्जन गर्न गएका १४ वटा ट्रिपरमाथि सिसडोल–बञ्चरेडाँडाका स्थानीयले तोडफोड गरेका छन् । आफूहरूसँगको सम्झौतालाई बेवास्ता गरिएको र आइन्दा फोहोर नल्याउनु भने पनि अटेर गरेको भन्दै उनीहरुले फोहोर बोकेका ट्रिपर तोडफोड गरेका हुन् ।

यसअघि स्थानीयसँग काठमाडौँ महानगरपालिकाले गरेको सहमतिमा मानव बस्तीलाई फोहोरबाट अलग गर्ने भनिएता पनि उक्त सहमति कार्यान्वयन नगरिएको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले भदौ १ गतेदेखि फोहोर फ्याँक्न नदिने चेतावनी दिएको थियो ।

धुनीबेशी गाउँपालिका–१ का स्थानीयले सडक मर्मतलगायत माग राख्दै केही दिनदेखि राजधानीको फोहोर लैजान दिएका छैनन् । स्थानीयको अवरोध हटाउन माग गर्दै महानगरले काठमाडौँ र धादिङ प्रशासनलाई पत्राचारसमेत गरेको छ ।

नेपाल सरकारले र महानगरले ल्यान्डफिल साइट प्रभावित क्षेत्रमा फोहोर जम्मा गरेर लाखौँ स्थानीय जनताको नरसंहार गर्ने काम गरिरहेको आरोप स्थानीयले लगाउँदै आएका छन् ।

टिप्पणीहरू