जहाँ गहिरो त्यहाँ पानी हुनु भएन : हृदयेश त्रिपाठी
जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा सांसद हृदयेश त्रिपाठीले निजामती कर्मचारी ऐन नयाँ नल्याएसम्म कुनैपनि सरकार लोकप्रिय नहुने दाबी गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले नेपालका निजामती कर्मचारीको बनावट र वितरण त्रुटीपूर्ण रहेको दाबी गरेका छन् । उनले. समायोजन भएर गएका कर्मचारीलाई कर्मचारी मान्ने की नमान्ने कुरामा समेत दुविधा रहेको उल्लेख गरे ।
प्रदेश सचिव प्रशासकीय अधिकृत खटाउने व्यवस्था हचुवाको भरमा गरिएको दाबी गर्दै अध्यक्ष त्रिपाठीले निजामती कर्मचारी ऐन जारी नभएकाले सुशासनभन्दा पनि शासन गर्न अफठ्यारो भएको धारणा राखेका छन् ।
उनले सरकारले गरेको कर्मचारीहरुको तलबवृद्धिमा द्विविधा देखिएको उल्लेख गर्दै भने, ‘सरकारले कर्मचारीको तलबमान वृद्धि गरेको छ तर यसमा दुविधा देखियो । राजपत्र अनंकित कर्मचारीको १५ प्रतिशत र राजपत्रांकित कर्मचारीहरुलाई २४ देखि २६ प्रतिशत तलब वृद्धि गर्ने भनिएको छ । सोही कारण नायव सुब्बाहरु आन्दोलनमा छन् । त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । जहाँ गहिरो त्यहिँ पानी हुनु भएन ।’
टिप्पणीहरू