अर्का खरिदार पनि भ्रष्टाचारमा डामिए

अर्का खरिदार पनि भ्रष्टाचारमा डामिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला विकास समितिको कार्यालय, कालिकोटका तत्कालीन खरिदार राजबहादुर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिअन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७०/७१ मा सञ्चालन भएका उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिअन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको उजुरी परेपछि उनीमाथि अख्तियारले अनुसन्धान थालेको थियो ।

अनुसन्धान हुँदा बमले झुट्टा बील बनाई रकम हिनामिना गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो । आयोगले उनीसँग दुई लाख ३४ हजार ११ रुपैयाँ बिगो दाबी गरेको छ ।

टिप्पणीहरू