बिहानै चीन पुग्यो डाक्टर मन्त्रीको टोली

बिहानै चीन पुग्यो डाक्टर मन्त्रीको टोली

छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा निस्केको परराष्ट्रमन्त्री डा.नारायण खड्का नेतृत्वको टोली आज बिहान चीनको पूर्वी भागस्थित सान्तोङ प्रान्तको छिङताओ शहर पुगेको छ । हिजो राति सवा ११ बजे चार्टर उडानबाट त्यता गएको टोली स्थानीय समयानुुसार आज बिहान झिसमिसेमै त्यहाँ पुगेको हो ।

हिमालय एयरलाइन्सको चार्टर विमानको उडान नम्बर एच 9-७२२० बाट मन्त्रीसँगै परराष्ट्र सचिव भरतराज पौडेललगायतको १० सदस्यीय टोली गए राति त्यसतर्फ उडेको हो ।

हिजो चीन गएका १० जना सबै सरकारी अधिकारी र कर्मचारी हुन् । टोलीमा परराष्ट्र मन्त्री र सचिवबाहेक भौतिक योजना,उध्योग वाणिज्य,अर्थ,गृहका सहसचिवसहित ईश्वरीप्रसाद अर्याल,तुल्सीप्रसाद कोइराला,बलिरामप्रसाद धामी,भुवन पौडेल, फणिन्द्रमणि पोखरेल, शिवानी बस्नेत, गणेशप्रसाद पाण्डे र गोपालप्रसाद सिग्देल सम्मिलित छन् । चाइना डेस्क हेर्ने सहसचिव लोकबहादुर थापा भने कोभिड संक्रमणका कारण अन्तिममा गएनन् ।

टिप्पणीहरू