माओवादीको मन्त्रालय पनि काँग्रेससङ्गै
कर्णाली प्रदेशमा रिक्त रहेको उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जीवनबहादुर शाही आफैँले राखेका छन् । नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम सिफारिस गर्न ढिलाइ गरेपछि प्रदेश प्रमुख तिलक परियारले हिजो मुख्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।
माओवादी केन्द्रबाट मन्त्री बनेका गैर सांसद कार्चेन लामाको छ महिने कार्यकाल अस्ति सकिएपछि उक्त मन्त्रालयमा मन्त्री रिक्त छ । नयाँ मन्त्रीको रूपमा माओवादी केन्द्रले डोल्पाका सांसद वीरबहादुर शाहीलाई पठाउने चर्चासमेत भएको थियो ।
तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ पाँच दिने जापान भ्रमण सकाएर फर्किएपछि मन्त्री छनौट गर्ने बताइए पनि हिजै हेरफेर गरिएको छ । प्रचण्ड आज स्वदेश फर्कंदै हुनुहुन्छ ।
टिप्पणीहरू