कोरोना संक्रमण समुदायमा फैलियो, पालिकाका सबै विद्यालय बन्द

कोरोना संक्रमण समुदायमा फैलियो, पालिकाका सबै विद्यालय बन्द

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द गरिएको छ । कोरोना संक्रमण बढेपछि गाउँपालिकाका सबै विद्यालय बन्द गरिएको बताइएको छ ।

आजदेखि आगामी आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

शाखाले केही विद्यालयका शिक्षक तथा विद्यार्थीमा कोभिड १९ संक्रमण देखिएकाले विद्यालय बन्द गरिएको सूचनामा उल्लेख गरेको हो ।

‘केही विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुमा कोभिड १९ पोजिटिभ देखिएको र धेरैजसो विद्यार्थीमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने र बान्ता हुनेजस्ता लक्षण देखिएकाले साउन २४ गतेको पालिकास्तरीय निर्णयबमोजिम साउन २५ देखि २९ गतेसम्म सबै विद्यालयको पठनपाठन बन्द गर्ने जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ ।

तर विद्यालयका प्रशासनिक काम भने नियमित सञ्चालन हुने बताइएको छ । हाल दिइएको बिदा वर्षे र हिँउदे बिदाबाट कट्टा गरिने पालिकाले जनाएको छ । स्वास्थ्य मापदण्डको पालना गरी शाखाले आगामी सोमबारबाट पठनपाठन सुचारु गर्न निर्देशन दिएको छ ।

टिप्पणीहरू