सभामुख निवासमा चिनियाँ राजदूत
नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले आज सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको छ । सभामुख भेट्न राजदूत उहाँकै निवास लैनचौर जानुभएको हो ।
उहाँहरुबीच बिहान ११ बजेदेखि केहीबेर कुराकानी भएको सभामुखको सचिवालयले पुष्टि गरेको छ । राजदूत हौ दुई महिना लामो बिदा स्वदेश बसाईपछि गत साता काठमाडौं फर्कनुभएको थियो ।
त्यसपछि उहाँले आइतबार र सोमबार गृहमन्त्री बालकृष्ण खाँण र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभयो ।
टिप्पणीहरू