अब शपथ पनि रोजेर खान पाइने
शपथसम्बन्धी विधेयक-२०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । कानुन,न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले ‘विधेयक पारित गरियोस्’ भनेर राखेको प्रस्ताव बहुमतले पारित गरेको छ ।
सार्वजनिक पदमा रहने व्यक्तिले पद तथा गोपनीयताको शपथ लिँदा कानुनी व्यवस्थाअनुसार हुन गर्न जरुरी भएकोले सङ्घीय संसद्ले ऐन संशोधन गरेको हो । यसअघिको शपथमा ‘ईश्वरको नाम’मा मात्र शपथ लिने व्यवस्था थियो भने संशोधित ऐनमा शपथ खानेले ईश्वरको वा देश र जनताको नाममा शपथ खान सक्ने दुई विकल्प राखिएको छ ।
‘ईश्वरको नाममा शपथ लिन्छु’ भन्न नचाहनेहरूले यसअघि शपथ ग्रहणको ब्यहोरामा हुँदै नभएको ‘जनताको नाममा’ भन्ने शब्द उच्चारण गर्ने गरेको पाइन्थ्यो ।
राष्ट्रपति विद्यादेवी पद तथा गोपनीयताको सपथ खुवाउँदा भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी ओलीले शपथ ग्रहणको व्यहोराअनुसार उच्चारण गर्न नमानेपछि विवादमा परेको थियो । राष्ट्रपतिले ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य /निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु’ भनेर शपथ गराउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्यांश जानीजानी छुटाउनु भएको थियो ।
राष्ट्रपतिले पुन: दोहोर्याएर ‘प्रतिज्ञा गर्छु’भन्न लगाउँदा प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गर्नुभएको थियो । त्यसपछि राष्ट्रपति हाँस्नुभयो । त्यसविरुध्द सर्वोच्च अदालतमा मुध्दासमेत परेको थियो ।
टिप्पणीहरू