पाकिस्तानी युवती नेपाल-भारत सिमानामा पक्राउ
नेपाल–भारत सीमा नजिकै भारतीय प्रहरीले दावत–ए–इस्लामिक संगठनको सदस्य भएको आशंकामा एक जना पाकिस्तानीलाई पक्राउ गरेको छ । उनीसँगै एक जना नेपाली पनि समातिएका छन् ।
विशेष स्रोतका अनुसार महोत्तरीको जलेश्वरस्थित भिट्टामोड नाका हुँदै भारतको बिहार,सीतामढीतर्फ जाँदै गरेको अवस्थामा पाकिस्तानको फैसलावाद निवासी २५ वर्षे खाजिदा नुरलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई दावत–ए–इस्लामिक संगठनको सदस्य भएको आशंका गरिएको छ ।
नुरलाई भारतीय एसएसबीले सीमा क्षेत्रबाट हिजो पक्राउ गरेको हो । उनीसँगै सिरहाका जीवनकुमार साह पनि पक्राउ परेका छन् । नुर गत शनिबार पाकिस्तानबाट दुबई हुँदै नेपाल आएको दाबी गरिएको छ ।
उनलाई नेपालबाट भारततर्फ जान सिरहाको कल्याणपुर नगरपालिका ५ निवासी मोहन साहका छोरा जीवनकुमारले सहयोग गरेको भारतीय प्रहरीको आशंका छ ।
सामाजिक सन्जालमार्फत जोडिएर प्रेममा पागल भएकी उनी आफ्नो सपनाको राजकुमार भेट्न नेपालको सजिलो बाटो हैदरावाद जाँदै गर्दा शत्रु लागेको जानकार श्रोत बताउँछ ।
टिप्पणीहरू