आज ७८१ जना संक्रमित, २ जना बिते
पछिल्लो २४ घण्टामा थप सात सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार हजार सात सय १२ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार दुई सय ९० जनामा गरिएको पिसीआर परीक्षणमा चार सय १९ र दुई हजार चार सय ३३ एन्टिजेन परीक्षणमा तीन सय ६२ जना संक्रमित भेटिएको हो ।
पछिल्लो २४ घण्टामा पाँच सय ११ जना संक्रमित निको भएका छन् । हाल कोरोना संक्रमित निको हुने दर ९८.२ प्रतिशत रहेको छ । अझै मुलुकभर पाँच हजार सात सय सक्रिय संक्रमित छन् ।
आज थप दुई जनाको कोरोनाको कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय ८४ पुगेको छ ।
टिप्पणीहरू