मूर्दावादको नारा लगाइएको ठाउँमा प्रधानमन्त्री जाने

मूर्दावादको नारा लगाइएको ठाउँमा प्रधानमन्त्री जाने

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ सभाको उद्घाटन गर्ने हुनुभएको छ । उहाँले भोलि बिहान १० बजे कमलादीस्थित प्रतिष्ठानको सभा हलमा डाकिएको प्राज्ञ सभाको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री नेपाल प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक हुनुहुन्छ । तीन साताअघि उहाँविरुध्द सोही स्थानमा मूर्दावादको नारा लागेको थियो । साउन ९ गते भीमसेन थापा स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने बेलामा नाराबाजी भएको हो ।

कार्यक्रममा उपस्थित एक युवाले प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयक खारेजीको माग गर्दै नारा लगाएका थिए । प्रधानमन्त्री देउवा बोल्नै लाग्दा एक युवाले प्लेकार्ड देखाएपछि अरुले पनि नाराबाजी गरेका हुन् । उनीहरुले ‘नागरिकता विधेयक खारेज गर,राष्ट्रियताको रक्षा गरौँ,स्वाधीनताको रक्षा गरौँ’ भन्दै नारा लगाएका थिए ।

नाराबाजी गरिरहेका युवासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सोही नागरिकता विधेयक अहिले संसदबाट पारित भएर शीतल निवासमा अड्किएको छ । आज प्रमाणीकरणको लागि विधेयक राष्ट्रपति विद्या भण्डारीसमक्ष पुगेको १५ दिन हुँदैछ ।

 

टिप्पणीहरू