फोहोरको गाडीले बाख्रा किचेपछि काठमाडौँ झन् दुर्गन्धित

फोहोरको गाडीले बाख्रा किचेपछि काठमाडौँ झन् दुर्गन्धित

काठमाडौँ उपत्यकाको फोहोर बोकेर जाँदै गरेको ट्रिपरले ठक्कर दिएर बाख्रा मरेपछि फोहोर बिसर्जनमा पुनः अवरोध भएको छ । आज बिहान फोहोर बोकेर बञ्चरेडाँडातर्फ जाँदै गरेको ट्रिपरले बाख्रा मारेपछि स्थानीयले अवरोध गरेका हुन् ।

नुवाकोटको कागती गाउँका पीडितहरूले क्षतिपूर्ति माग्दै बाटो बन्द गरेका छन् । लामो समयपछि उपत्यकाको फोहोर हिजोदेखि उठ्न थालेको थियो । तर, आज स्थानीयले फेरी आन्दोलन गरेपछि डम्पिङसाइटमा फोहोर फाल्न रोकिएको हो ।

टिप्पणीहरू