विवेकशीलले तोक्यो अर्कै अध्यक्ष

विवेकशीलले तोक्यो अर्कै अध्यक्ष

वैकल्पिक राजनीतिका नाममा रवीन्द्र मिश्रले दरबारतिर मुन्टो फर्काएपछि एकपछि अर्को लफडामा फसेको विवेकशील साझा पार्टीले अन्तत: अध्यक्ष पाएको छ ।

आज बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य समिक्षा बास्कोटालाई नयाँ अध्यक्ष चयन गरेको हो । गत स्थानीय चुनावमा काठमाडौँ महानगरको मेयरमा उठेकी बाँस्कोटा लज्जास्पद मतसहित पराजित भएकी थिइन् ।

त्यसैगरी रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य सञ्जिववल्लभ भट्टराई चयन भएका छन् । यसअघिका संयोजक मिलन पाण्डे ‘मार्ग परिवर्तन’ का नाममा मिश्रले राजावादीसँग घाँटी जोडेको भन्दै असन्तुष्ट थिए । पाण्डे समूह विवेकशील साझा पुनर्गठन गर्ने तयारीमा छ ।

स्थानीय चुनावमा शर्मनाक हार व्यहोरेलगत्तै गत जेठमा मिश्रले राजीनामा दिएपछि विवेकशिलमा अध्यक्ष पद लामो समयदेखि रिक्त थियो । अस्तिमात्रै मिश्रले आफ्नो राजीनामा स्वीकृत नभएको भन्दै पुन: अध्यक्षमा फर्किने आसयको अभिव्यक्ति दिएका थिए ।

टिप्पणीहरू