नागरिकता विधेयकबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । नागरिकता विधेयकका सन्दर्भमा छलफल गर्न प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेतालाई बालुवाटार बोलाउनुभएको हो ।
गठबन्धनमा सहमति जुटे राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार फिर्ता पठाएको नागरिकता विधेयक छिट्टै संसदको प्रक्रियामा लैजाने तयारीका साथ प्रधानमन्त्रीले बैठक डाक्नुभएको बताइन्छ । आगामी निर्वाचनमा सिट बाँडफाँटका विषयमा समेत शीर्ष नेताहरुबीच छलफल हुने बुझिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादवलगायता नेताहरु सहभागी छन् ।
टिप्पणीहरू