नयाँ तलब : प्रधान सेनापतिको ७७ हजार, सचिव र महानिरीक्षकको ७२ हजार

नयाँ तलब : प्रधान सेनापतिको ७७ हजार, सचिव र महानिरीक्षकको ७२ हजार

अर्थ मन्त्रालयले नयाँ तलबमान सुविधा सार्वजनिक गरेको छ । क्याबिनेटको बिहीबारको बैठकले उक्त निर्णय गरेको बताइएको छ ।

जसअनुसार प्रधान सेनापतिको तलब मासिक ७७ हजार २११ पुगेको छ । दुई ग्रेड थप्दा उनको अन्तिम तलब स्केल ८२ हजार ३५९ हुन्छ । सेनामा सबैभन्दा पुछारको पद फलोअर्स प्रथमस्तरको तलब २४ हजार ७०२ रुपैयाँ कायम भएको छ ।

सचिवहरुको तलब ७२ हजार ८२ रुपैयाँ पुगेको छ । निजामतीतर्फ सबैभन्दा पुछारमा रहेका कर्मचारीको तलब २४ हजार ७०२ रुपैयाँ बनाइएको छ ।

त्यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकको तलब ७२ हजार ८२ रुपैयाँ र दुई ग्रेड थप्दा अन्तिम स्केल ७६ हजार ८८८ हुने उल्लेख छ । प्रहरी र सशस्त्रमा पनि कनिष्ठ कर्मचारीको २४ हजार ७०२ रुपैयाँ तोकिएको छ ।

उता शिक्षकतर्फ माध्यमिक शिक्षक प्रथम श्रेणीको ५६ हजार ७८७ र निम्नमाध्यमिक विद्यालयका प्रथम श्रेणी शिक्षकको ४५ हजार ८६२ रुपैयाँ उल्लेख छ । प्राथमिक तहका शिक्षकमध्ये प्रथम श्रेणीकाले ४३ हजार ६८९ रुपैयाँ पाउने भएको छ ।

टिप्पणीहरू