शेखरको चियापानमा सानेपाको जस्तै भीड
प्रधाानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको चर्को आलोचना गर्दै आएका काँग्रेस नेता डा. शेखर कोइरालाले आयोजना गरेको चियापानमा पार्टी कार्यालयमा जस्तै भीड देखिएको छ । आज बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा कोइराला समूहले स्थानीय तहमा विजेता काँग्रेस जनप्रतिनिधिहरुको सम्मानमा आयोजना गरेको बधाई, शुभकामना तथा चियापान कार्यक्रममा सयौंको भीड लागेको छ ।
कोइरालासहित कार्यक्रममा नेताहरु डा. रामशरण महत, मन्त्री दिलेन्द्रप्रसाद बडु, चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीश नरसिंह केसी, प्रकाश रसाइली र भुपेन्द्रजंग शाहीको उपस्थिति छ ।
त्यसैगरी स्थानीय तहमा विजेता मेयर, उपमेयर, वडाअध्यक्ष, सदस्य र कार्यकर्ताहरु गरि झण्डै पाँच सय जनाको सहभागिता रहेको बताइन्छ । हिजो र अस्ति सानेपमा पार्टीले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण तालिममा जस्तै बत्तिसपुतलीमा पनि मुलुकभरका काँग्रेसीको भीडले संस्थापन इतर समूह हौसिएको छ ।
टिप्पणीहरू