रवी लामिछाने माथिमात्रै लड्ने

रवी लामिछाने माथिमात्रै लड्ने

पूर्वसञ्चारकर्मी रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनमा भाग नलिने भएको छ । संघीयताको विरोध गर्दै आएको सो पार्टीले आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ मात्रै उम्मेदवार उठाउने तयारी गरेको हो ।

अध्यक्ष लामिछानेले सङ्घीय संरचना अनुसारको प्रदेशसभा निर्वाचनमा भाग लिनुलाई राज्य कोषको दोहनमा सहभागी हुनुसरह भएकाले यस्तो निर्णय गरेको बताए ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ’ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र सङ्घीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ ।’

उनले आफ्नो पार्टी प्रदेशसभाको निर्वाचनमा भाग नलिने कुरा निर्वाचन आयोगलाई जनकारी गराइसकेको पनि बताए ।

टिप्पणीहरू