जसपाका एक दर्जन नेता कार्यकर्ता माओवादी प्रवेश
जनता समाजवादी पार्टीका केही नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालयमा आज दिउँसो स्वागत गर्नुभएको छ ।
जसपाकै अन्य १३ जना नेता तथा कार्यकर्ता आजै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुले जनता समाजवादी पार्टीमा व्यक्तिवादी प्रवृति हाबी भएको ठहर गर्दै माओवादी केन्द्र रोजेका हुन् । माओवादी रोजेकामा जसपा खोटाङ अध्यक्ष टंकबहादुर थापासहित १३ जना छन् ।
जिल्ला उपाध्यक्ष नवीनकिशोर राई, सचिव देवकुमार राई, सचिवालय सदस्य दीपकुमार तामा, प्रवचन राई, मनोज राई र जुलन राईले पनि जसपा छाडेका छन् । सविन राई, किरण राई, सन्तोष तामाङ, भुवन राई, कर्ण तामाङ र मेखबहादुर तामाङले पनि माओवादी रोजेका हुन् ।
केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसेको भन्दै उनीहरुले अस्ति जसपा परित्यागको घोषणा गरेका हुन् । त्यसलगत्तै उनीहरुले आज माओवादी केन्द्र रोजेका हुन् ।
टिप्पणीहरू