केन्याले नेपाललाई दियो २ सय १९ रनको लक्ष्य

केन्याले नेपाललाई दियो २ सय १९ रनको लक्ष्य

आजबाट सुरु भएको एक दिवसीय क्रिकेट प्रतियोगितामा केन्याले नेपाललाई २ सय १९ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

केन्याका राकिप पटेलले ६७ रन बनाए भने अर्का खेलाडी कोलिस ओबायाले ६२ रन बनाएका हुन् । यी दुई खेलाडीले अर्ध शतकीय ईनिङ खेले भने ईरफान करिम ३१ तथा सचिन बुदियाले २७ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र करण केसीले तीन÷तीन विकेट लिएका छन् । आदिल आलम र पवन सर्राफले पनि एक÷एक विकेट हात पारेका हुन् ।

सुरुवातमा खराब प्रदर्शन गरेको केन्याले ४ विकेट गुमाएपछि लयमा फर्किएको थियो । पाँचौँ विकेटका लागि पटेल र ओबायाले १ सय ३० रनको साझेदारी गरेपछि केन्याले सम्मानजनक स्कोर बनाउन सफल भएको हो ।

नेपालले आजको एक दिवसीय सिरिज नियमित कप्तान सन्दीप लामिछाने बिना नै खेल्दै छ । आजको खेलको कप्तानी रोहित पौडेलले गरेका छन् । कप्तान लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इण्डिज पुगेपछि रोहितले टिम सम्हालेका हुन् ।

टिप्पणीहरू