साफ महिला च्याम्पियनसिपमा भारत र पाकिस्तान भिड्दै

साफ महिला च्याम्पियनसिपमा भारत र पाकिस्तान भिड्दै

हिजोबाट सुरु छैठौँ साफ महिला च्याम्पियनसिपको दोस्रो दिनको खेलमा आज भारत र पाकिस्तान भिड्दै छन् । लामो समयपछि अन्तर्राष्ट्रिय खेलमा फर्किएको पाकिस्तानले दोस्रो पटक भारतको सामना गर्न लागेको छ ।

सन् २०१० मा बंगलादेशमा आयोजित साफमा पहिलो पटक आमने सामने बनेका भारत र पाकिस्तानबीच त्यस यता भेट भएको थिएन । उक्त खेलमा भारतले पाकिस्तानलाई ८–० गोल अन्तरले पराजित गरेको थियो ।

यी दुई राष्ट्र बीचको खेल दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ । हिजोको पहिलो खेलमा आयोजक राष्ट्र नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

भारत साफ च्याम्पियनसिपमा पाँच पटकको विजेता हो । आजै साढे ५ बजे हुने दोस्रो खेलमा बंगलादेश र मालदिभ्स प्रतिस्पर्धा गर्दै छन् ।

टिप्पणीहरू