दक्षिण मात्र हैन,उत्तरी सिमाना पनि टाइट,धुलिखेलमा सुरक्षा टोलीको भेला

दक्षिण मात्र हैन,उत्तरी सिमाना पनि टाइट,धुलिखेलमा सुरक्षा टोलीको भेला

धुलिखेलमा काभ्रेपलाञ्चोक जिल्लाको सुरक्षानिम्ति अन्तर जिल्ला सुरक्षा समन्वय समिति बैठक बसेको छ । बैठकमा निर्वाचन केन्द्रित छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी अमरदिप सुनुवारले जानकारी दिएका छन् । बैठकमा काभ्रेपलाञ्चोकसँग सिमाना जोडिएका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु सहभागी थिए ।

काभ्रेसहित सिन्धुपाल्चोक,भक्तपुर, दोलखा,सिन्धुली,रामेछाप, काठमाण्डौ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी, नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित प्रमुखसमेत सहभागी रहेको बैठकले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सीमा जोडिएका जिल्लाबीच सहकार्य र समन्वय गर्ने निष्कर्ष निकालेको बताइएको छ ।

हिजो बसेको बैठकमा सडक सुरक्षा, विपद् व्यवस्थापनमा सहकार्यलगायत विषयमा छलफल भएको थियो ।

टिप्पणीहरू