पाँचखालमा ७० बर्षीय श्रीमान र ५९ बर्षीय श्रीमती मृत फेला

पाँचखालमा ७० बर्षीय श्रीमान र ५९ बर्षीय श्रीमती मृत फेला

काभ्रेको पाँचखाल नगरपालिकामा श्रीमान, श्रीमती नै मृत फेला परेका छन् ।

मृतक दम्पत्ति पाँचखाल नगरपालिका वडा नम्बर ९ का स्थानीय रामबहादुर थापा मगर र श्रीमती हुन् ।

दम्पत्तिलाई घरमा मृत अवस्थामा भेटिएको हो । घरमा श्रीमान,श्रीमती मात्र बस्दै आएका थिए। मृतक रामबहादुरको उमेर ७० वर्ष र श्रीमती ५९ बर्षको रहेको बताइएको छ ।

प्रत्यक्षदर्शी र स्थानीयहरुका अनुसार घटना हेर्दा सामुहिक हत्याजस्तो देखिन्छ ।

घटना केही दिनअगाडि भएको हुनुपर्छ । तर हिजो दिउँसो ३ बजेतिर मात्रै जानकारी पाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

घटनाको स्थलगत निरीक्षण गरेर थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका एसपी चक्रराज जोशीबाट जानकारी प्राप्त भएको छ ।

टिप्पणीहरू