पार्टी प्रवेश नगरे बारीको कोदो फाँडिदिने एमालेको चेतावनी

पार्टी प्रवेश नगरे बारीको कोदो फाँडिदिने एमालेको चेतावनी

रामेछापमा एमालेका स्थानीय नेता तथा कार्यकर्ताले पार्टी प्रवेश नगरे बारीको कोदो फाँडिदिने चेतावनी दिएका छन् । मन्थली नगरपालिका १० मा एमाले वडा कमिटी अध्यक्षसहितको समूहले स्थानीय सुवास थापाको बारीमा गएर एमाले प्रवेश नगरेको भन्दै काँचो कोदो टिपेका हुन् ।

उनीहरुले अब पनि पार्टी प्रवेश नगरे बारीमा लगाइएको कोदो सबै नष्ट गरिदिने धम्की दिएको थापाले बताएका छन् । पीडितका अनुसार पूर्वअध्यक्ष भरतबहादुर बोहोराले एमाले प्रवेशको निम्ति आग्रह गर्दै आएका छन् ।

‘प्रवेश नगरे नराम्रो हुन्छ भन्दै बारम्बार धम्क्याउँदै आएका छन्,’ उनले भने । हिजो शनिबार बारीमा गएर काँचो कोदो टिप्दै अझ पनि एमाले प्रवेश नगरे नराम्रो हुने धम्की दिएको उनको भनाइ छ । यसअघि पनि बोहोराले पटक पटक त्यसो भनेको थापाले बताए ।

पीडित सुवासले आफ्नो फेसबुक पेजमा ‘न्याय दिलाइदिन’ आग्रह गर्दै इस्ट्याट्स लेखेका छन् ।

टिप्पणीहरू