हुनेवाला सेनापतिकी छोरीको कन्यादान,बिदेशी सेना टन्नै

हुनेवाला सेनापतिकी छोरीको कन्यादान,बिदेशी सेना टन्नै

झण्डै डेढ बर्षपछि चीफ बन्ने लाइनमा रहेका नेपाली सेनाका ‘अपरेशन प्रमुख’ ताराध्वज पाण्डेकी छोरीको वैवाहिक समारोह पारेर नेपालस्थित ‘विदेशी दूतावासमा तैनाथ  सेनाका प्रतिनिधिहरूले मन खोलेर हालै सम्पन्न चुनावका परिणाम र सम्भावित राजनैतिक परिदृश्यवारे हल्का चर्चा गर्न पाएका छन् ।

हिजो राती नक्साल गैह्रीधारास्थित एलिस पार्टी प्यालेसमा ‘अमेरिकी,चिनियाँ र भारतीय सेनाको कर्णेल दर्जाका डिफेन्स अट्याचीहरु निम्त्याइएका थिए । नेपाली सेनाको समारोह सञ्चालन निर्देशनालय प्रमुख याम सापकोटाका छोराले अपरेशन चिफ पाण्डेकी छोरीलाई हिजै धुमधामसँग घर भित्र्याएका छन् ।

पाण्डेकी छोरीको वैवाहिक भोजमा नेपाली व्यापारी र विदेशी सेनाका उच्च अधिकारीहरु टन्नै सहभागी थिए । दुलहा दुलही दुबै डक्टर हुन् ।  बिहे भोज खाएर फर्किएलगत्तै एक जना जर्नेलले भने,‘चिफसाप पनि रातिसम्मै बस्नुभयो। तर सांसद—मन्त्री खासै देखिएनन् ।" नाचगानसहितको बिहे भोज राती १२ बजेसम्म धुमधामसँग चलेको थियो ।

पहिले पहिले सैनिक  उच्च अधिकारीका छोराछोरीको वैवाहिक समारोह पल्टनले मिलाएर गरिदिन्थ्यो । तर अहिलेको अवस्था अलि फरक छ ।
 

टिप्पणीहरू