राजधानीको व्यस्त इन्द्रचोकमा चिनियाँ नागरिकवीच ग्याङ्ग फाइट,२ जना मरणासन्न

राजधानीको व्यस्त इन्द्रचोकमा चिनियाँ नागरिकवीच ग्याङ्ग फाइट,२ जना मरणासन्न

काठमाडौंको इन्द्रचोकमा तीन जना चिनियाँ नागरिकबीच मारामारी भएको छ । आज बिहान साढे ११ बजे ती चिनियाँबीच एकापसमा विवाद हुँदा त्यसले ठूलो दुर्घटना निम्त्याएको छ । 

विवाद बढ्दै गएपछि ३७ वर्षीय फङ्ग चङ्गयुनले धारिलो वस्तु प्रहार गरी आफ्ना दुई साथीलाई घाइते बनाएका हुन् । 

लि चुवान र गान साउसिङ्ग (२९ बर्ष) लाई तत्काल उपचारका लागि वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । 

लि चुवान (३२ बर्ष) को पेटमा गहिरो चोट लागेको छ,उनी बोल्न सकिरहेका छैनन् । यता,गान साउसिङ्गको पेट,छाती र टाउकोको बायाँ भागमा चोट लागेको प्रहरीले जनाएको छ । 

उनी पनि बोल्न सक्ने हालतमा छैनन् । चक्कु प्रहार गर्ने फङ्ग चङ्गयुनलाई हतियारसहित जनसेवा प्रहरी कार्यालय,न्यूरोडले नियन्त्रणमा लिएको छ । 

यस विषयमा टोली खटिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू