काभ्रेको कोशीपारीमा भेटियो कम्मरमुनि काटिएको बेवारिसे बच्चा

काभ्रेको कोशीपारीमा भेटियो कम्मरमुनि काटिएको बेवारिसे बच्चा

भुम्लु गाउँपालिका वडा नम्बर २ सिम्थलीको भूमेस्थानमुनि चिहान डाँडा भन्ने ठाउँमा बेवारिसे मृत शिशु भेटिएको छ ।

हिजो दिउँसो स्थानीयहरुले जङ्गलमा जाँदा कम्मर काटिएको अवस्थामा शिशु फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए ।

मृत शिशुको कम्मर मुनिको भाग भने पुरै काटिएको अवस्थामा भेटिएको बताइएको छ।

"शिशु जन्मने अवस्था भइसकेको देखियो,सबै अंगहरु राम्रोसँग बिकास भइसकेको रहेछ। हात, खुट्टा काटिएको जस्तो देखिन्छ। अरु भन्दा पनि स्कूल पढ्ने विद्यार्थीहरुले पो त्यस्तो गरेका हुन् कि  भन्ने शंका लागेको छ । घटनाबारे अनुसन्धान हुँदै छ" - इलाका प्रहरी कार्यालय कात्तिके देउरालीकी प्रहरी निरीक्षक कमला नरालले जनआस्थालाई बताउनु भयो ।

टिप्पणीहरू