रिचार्लिसनको ढाडमा रोनाल्डो र नेयमारको टाटु

रिचार्लिसनको ढाडमा रोनाल्डो र नेयमारको टाटु

ब्राजिलका युवा स्ट्राइकर रिचार्लिसनले ढाडमा आफू,नेमार र रोनाल्डोको ट्याटु खोपेका छन्।

विश्वकपको क्वार्टर फाइनलमा क्रोएसियासँग पराजित भएर बाहिरिएको चार दिनपछि रिचार्लिसनले ढाडमा खोपेको तीन जनाको अनुहार देखिने ट्याटु सार्वजनिक गरेका छन् । नेमार र रोनाल्डोप्रति सम्मान व्यक्त गर्दै उनले ट्याटु खोपेको बताइएको छ।

रोनाल्डोले ब्राजिलका लागि सन् २००२ मा विश्वकप उपाधि जितेका थिए । त्यसमा ब्राजिलले उपाधि जित्न सकेको छैन । नेमारले उपाधि जिताउन सक्ने अपेक्षा गरिए पनि सफल भएका छैनन् । 

रिचार्लिसन ब्राजिल फुटबलले आस गरेका खेलाडी हुन् । उनले कतार विश्वकपमा ३ गोल गरे । समूह चरणमा उनले गरेको एउटा गोलको निकै चर्चा भएको थियो ।

टिप्पणीहरू