खोटाङमा बस दुर्घटना, ६ जना घाइते

खोटाङमा बस दुर्घटना, ६ जना घाइते

खोटाङमा बस दुर्घटना भएको छ । उदयपुरको गाईघाटबाट खोटाङको दिक्तेल जाँदै गरेको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुइपामा दुर्घटना भएको छ । 

प्रदेश १–०५–००१ ख ००१७ नम्बरको यात्रुवाहक बस सडकबाट तल खसेको बताइएको छ । दुर्घटनामा आधा दर्जन यात्रु घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा २९ वर्षका वीरेन्द्र घिमिरे, २८ वर्षीया दिलकुमारी श्रेष्ठ, २० वर्षीय कुशल सार्की, ७३ वर्षीय आइते सार्की, २७ वर्षीया सुस्मिता ढुङ्गाना र रेनुका भुजेल छन् । घिमिरेको अवस्था गम्भीर छ । 

वीरेन्द्रसँगै दिलकुमारी र रेनुकालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । बस सह–चालकले चलाएका कारण दुर्घटना भएको बताइएको छ । चालक र सहचालक दुबै फरार रहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू