पत्नी र पुत्रीलाई माओले दिएको यो पीडा

पत्नी र पुत्रीलाई माओले दिएको यो पीडा फोटोः माओ छोरी लि मिनसँग

सन्दर्भः २६ डिसेम्बर

सन् १९३४ को अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीले लामो अभियान ( मार्च शुरु ग¥यो । केही समयपछि नै माओकी तेस्री पत्नी ह छिछेनलाई पनि सोही अभियानमा सामेल हुन पार्टीले आदेश दियो । माओ त्यसबेला कमाण्डको प्लाटुन नं। ३ मा थिए भने ह स्वास्थ्य इकाइमा । यसकारण लडाइँकै बेलामा पनि दुई जनाको भेटघाट भइरह्यो । सन् १९३५ मा एकदिन मध्याह्न हको पेट दुख्यो । त्यसबेला उनीहरू पाइसानको पहाडी इलाकामा थिए । साँझ ४ बजेसम्म सबै त्यहाँबाट नहिँडे कोमिन्ताङको आक्रमणमा पर्नसक्ने सूचना प्लाटुन कमाण्डरले ल्याए ।

कमजोर स्वास्थ्यका कारण हको अनुहार नीलो पर्न थालिसकेको थियो । हिँड्न नसक्ने भइसक्दा पनि आफूलाई विशेष हेरचाह नगर्न भन्दै थिइन् । उनको स्वास्थ्य स्थितिलाई लिएर सबै चिन्तित हुँदाहुँदै पनि कमाण्डरको आदेशमा सबैले गाउँ छाडे । हेरचाहका लागि बसेका ५–६ जना छापामारले बडो कष्टसाथ हलाई स्ट्रेचरमा राखेर गाउँको एउटा सुरक्षित घरभित्र लगे तर स्ट्रेचरबाट झर्न नपाउँदै हले सन्तान जन्माइन् । पार्टीको नियमानुसार नवजात छोरीलाई साथमा राख्न पाइनन् । किसान परिवारलाई जिम्मा लगाउने हेतुले माओका भाइ माओ जेमिनकी पत्नीले नवजात शिशुलाई नरम कपडामा बेरेर हलाई दिइन् । हले लगाइराखेको कोटको खल्तीमा हात छिराइन् ।

चाँदीका चार वटा सिक्का निस्क्यो । सिक्का शिशुको जिउमा राखिदिइन् । र, गाउँलेकहाँ छोडेर आउन भाइबुहारीलाई दिइन् । बुहारीले पछि चिन्न सजिलो होस् भनी बच्चीको नाउँ राखिदिन आग्रह गरिन् तर बलिन्द्रधारा आँशु झार्दै भनिन्, ‘भो, यसो गर्नु जरुरी छैन । भविष्यमा मेरी छोरीले क्रान्तिमा भाग लिइन् भने अवश्य भेट हुनेछ ।’ त्यति भनी सन्तानलाई एकचोटि पनि नहेरिकनै रगतको दाग लागेको स्ट्रेचर बोकी साथीहरूसँगै माओहरू रहेको क्षेत्रतिर लम्किइन् । पतिसित भेट भएपछि छोरी जन्मेको खबर सुनाइन्, माओले धन्यवाद भने । 

सन् १९३५ को जनवरीमा चुन्यीमा सम्पन्न पार्टी सम्मेलनले माओको नेतृत्व स्वीका¥यो । एक दिन लालसेनाको जत्था युन्नान छाडी सिचाङ जाँदै थियो । जिन्सा नदी तर्दै गर्दा एकाएक कोमिन्ताङको विमानले बम बर्साउन थाल्यो । लालसेना तितरबितर भयो । धेरैजसो नजिकको खाल्डामा लुक्न गए । त्यसबेला ह रहेको स्थानमा ओढार थिएन । त्यसकारण बमबारी हुँदा पनि भागिनन् । हातमा स्ट्रेचर थियो । घाइते साथीलाई स्ट्रेचरमा हालेर सुरक्षित स्थानमा लान तान्दै गर्दा फेरि अर्को बमवर्षा भयो । मेशिनगनबाट गोली प्रहार भयो । घाइते साथीहरूलाई नलागोस् भनी छेकेर बस्ने क्रममा गोलीको छर्रा उनको शरीरभित्र पस्यो । उनी असह्य पीडाले छट्पटाइन् र बेहोस भइन् ।

खाल्डोमा लुकेर बसेका लडाकु बाहिर निस्केर उनी भएतिर दौडे । हको शरीर रक्ताम्य भइसकेको थियो । मेडिकल टोलीले आकस्मिक उपचार शुरु ग¥यो । बाँच्ने आश सबैले छाडे । स्थिति प्रतिकूल बन्दै गएपछि माओलाई बोलाउन पठाइयो । माओ त्यहाँ पुग्नसक्ने स्थितिमा थिएनन् तर ह बाँचिन् । तीन दिनपछि माओ पुगे । पत्नीलाई अंगालो हालेर ब्याण्डेज बाँधिएको ठाउँहरू एकएक गरी हेरे । हको एउटा हातलाई दुवै हातले समातेर बसे । कम्युनिष्ट पार्टीले सान्सी प्रान्तको व्यापारिक नगरमा मुख्यालय सारेपछि ह पुनः पार्टी काममा सक्रिय भइन् ।

माओ कम्युनिष्ट पार्टीको अध्यक्ष बनिसकेका थिए । पत्नीसँगै पाओआनस्थित एउटा गुफामा बस्थे । त्यहीं सन् १९३६ मा उनी फेरि सुत्केरी भइन् । हले छोरी जन्माएको थाहा पाएपछि नजिकै बस्दै आएका चाओ एनलाइ र उनकी पत्नी देङ यिङचाओ गुफाभित्र पसे । देङले बच्चीलाई काखमा लिएर मायालु पारामा बोलाइन्, ‘जियाओ जियाओ’ अर्थात् सुन्दरी । र, उनै देङको सुझावअनुरूप भर्खर जन्मेकी बच्चीको नाउँ राखियो– माओ जियाओजियाओ । हले कूल ६ सन्तान जन्माएकी थिइन्, ३ छोरा र ३ छोरी । तर जेठी छोरी माओ जिन्ह्वा ९पछि थाहा पाइएको० र लि मिन बाहेक अरुको सानैमा मृत्यु भयो ।

लि मिनको नाउँले पछि चिनिन थालेकी जियाओ जियाओलाई पनि चार महिनापछि एउटा किसान परिवारले जिम्मा लियो । ह पुनः पार्टी काममा खटिइन् । संगठन विभागको आग्रहमा जापानविरोधी सैनिक तथा राजनीतिक कलेज का¨डामा भर्ना भइन् । छात्रावासमै बस्न थालिन् । शुरुशुरुमा हप्ताको अन्त्यतिर गुफातिर जान्थिन् र छोरीलाई पनि भेटेर फर्कन्थिन् तर विस्तारै यो क्रम पातलिँदै गयो । अध्ययनमा ध्यान दिन थालेदेखि नै स्वास्थ्य खस्किन थालेको थियो । शरीरभित्र पसेका बमका टुक्राहरूले शरीर दुख्न शुरु ग¥यो । मानसिक व्यथाबाट पनि छट्पटाउन थालिन् । छात्रावासमा लुगा धोइरहेको बेला बेहोस भइन् । चिकित्सकहरूले अत्यधिक रक्तअल्पता रोगबाट ग्रस्त भएको रिपोर्ट दिए ।

पूर्णतः आराम गर्न सुझाव दिए । रोगी भएकै कारण कलेजले पनि छुट्टी दियो । उनी निराश भएर घर फर्किइन् । यो घटनापछि एकाएक दाम्पत्य जीवनमा तिक्तता आयो । माओको हेरचाहमा खटिएकी नर्स गु पाइको विषयमा दुवैबीच चर्काचर्की नै भयो । माओलाई खाँदा हरियो खुर्सानी नभइ हुन्नथ्यो । तर, डाक्टरले नखुवाउनु भनेकाले एकदिन हेले हरियो खुर्सानी झ्यालबाट फ्याँकिदिइन् । माओ निकै रिसाए । ठाकठुक प¥यो । यसबाहेक माओ र एकजना अंग्रेजी दोभाषेको सम्बन्धले पनि दुवैबीच तिक्तता बढायो । माओ र पेकिङ ओपेराकी नर्तकी लान पिङ ९पछि चियाङ चिङको नाउँले प्रख्यात० बीचको नजिकपनाबाट पनि उनी निकै विचलित बनिन् । 

अन्त्यमा सन् १९३७ को डिसेम्बरमा हे एक वर्षको छोरी लि मिनलाई लिएर सियानमा बस्न गइन् । उनी त्यतिखेर दुई जिउकी थिइन् । माओले लिन पठाए । यिङचाओको हातमा हेलाई दिनु भनी एउटा बक्सा पठाए । हेले बक्सा खोलेर हेरिन् । भित्र एउटा काइँयो, सियो र धागो, एउटा रुमाल र सानो चक्कु थियो । यो त्यही चक्कु हो, जसले ताछेर उनी माओलाई फलफूल ख्वाउने गर्थिन् । हे त्यो चक्कु हेरेर एकछिन भावुक भइन् तर माओदेखि छुट्टिएर बस्ने आफ्नो अडान कमजोर हुन दिइनन् । सन् १९३८ मा माओलाई सदाका लागि छाडेर स्वास्थ्योपचारार्थ रुसतर्फ लागिन् ।

मस्को बसाइमै अन्तिम सन्तानको रूपमा छोरा जन्माइन् । पछि माओले अध्ययनका लागि पठाएका आफ्ना छोराहरू (याङ काइहुइतर्फका) माओ आन्यिङ र माओ आन्छिङको हेरविचार त्यहीँ बसेर गरिन् । यसबीच, शुरुशुरुमा माओले हेलाई थुप्रै पत्र लेखे । हेले पनि माओप्रति प्रेम दर्शाइरहिन् तर जन्मेको १० महिनामै छोरो मरेपछि मानसिक रूपमा चोट पुग्यो र अस्पतालमै भर्ना हुनुप¥यो । उता, ह मस्को गएपछि माओ र चियाङ चिङको सम्बन्ध प्रगाढ बन्दै गयो । हेले चीन नफर्कने अडान लिएपछि माओले सन् १९३८ मा चियाङ चिङसँग बिहे गरे ।

ह सोभियतसंघमा हुँदाको समय लि मिन येनानमै थिइन् । यसबिच सन् १९४१ मा जापानबिरुद्ध संयुक्त लडाइँ लडिरहेका कम्युनिष्ट र च्याङ काइसेकले नेतृत्व गरेको कोमिन्ताङ पार्टी एकले अर्कोमाथि विश्वासघात गरेको आरोप लगाउँदै आपसमा लड्न थाले । संयुक्त मोर्चाको अन्त्यसँगै सबैमाथि पुनः एकपटक खतरा उत्पन्न हुन थाल्यो । माओले ५ वर्षकी छोरी लि मिनलाई आमा भएको ठाउँमा पठाइदिन उचित ठाने । उता, चीनमा लोग्नेले च्याङ चिङसँग बिहे गरेको खबर सुनेर ह विक्षिप्तजस्तै बनिन् । मानसिक सन्तुलन गुमाइन् । उनलाई मानसिक अस्पताल लगियो । ठीक त्यसैबेला जर्मनीले सोभियतसंघमाथि आक्रमण ग¥यो । सबै सरकारी कार्यालय साइबेरियाको इभानोभामा सारिएपछि लि मिनलाई पनि त्यतै लगियो । साइबेरिया पुगेको केही दिनमै चिसोले बिरामी परिन् ।

सन् १९४७ मा मस्को भ्रमणमा गएका चिनियाँ नेता वाङ जियासियाङ र उनकी पत्नी झु झोङ्ली हसँग भेट्न अस्पताल गए । उनीहरूले  मानसिकरूपमा स्वस्थ भएको सिफारिस गरेपछि बल्ल उनी अस्पतालबाट डिस्चार्ज भइन् । त्यसपछि उनी पुनः चीन फर्कन इच्छा व्यक्त गरिन् र छोरी लि मिनको साथमा चीन फर्किएर हार्बिनमा बस्न थालिन् । त्यहाँ रहँदै ह र छोरी लि मिनले माओलाई पत्र लेखे तर माओले छोरीलाई मात्र प्रत्युत्तर लेखे र  सन् १९४९ को गर्मीयाममा बल्ल उनैलाई मात्र बेइजिङ झिकाए । बल्ल लि मिनले बाबुसँग भेट्न पाइन् । त्यो बेला उनको उमेर १३ पुगिसकेको थियो । सन् १९४९ को अक्टोबरमा चीन नवजनवादी गणतन्त्र बन्यो । लगत्तै लि मिन बेइजिङकै बायी स्कुलमा भर्ना भइन् । सन् १९५८ मा रसायनशास्त्रमा स्नातक गरिन् ।

ह एक्लै हार्बिनमै थिइन् । उनले गणतन्त्र चीनको सर्वोच्च पदमा पुगिसकेका आफ्ना लोग्ने माओको स्वास्थ्यको कामना गरी पत्र लेखिन् । तर माओले जवाफ दिएनन् । यसपछि सन् १९५९ मा एकदिन संयोगवश दुवैको भेट भयो । करिब अढाई घण्टा दुवैले आ–आफ्नो व्यथा पोखे । अन्त्यमा भोलि भेट्छु भन्दै माओ फर्के । हले धेरै दिन पर्खिन् तर माओको ‘भोलि’ कहिल्यै आएन । माओ त्यो ठाउँ छाडेर हिँडिसकेको थाहा पाएपछि धेरै मर्माहत बनिन् । बिरामी नै परिन् । कम्युनिष्ट पार्टीले उपचारार्थ हलाई पुनः मस्को पठायो । उनी त्यहीँ बसिन्, कहिल्यै फर्किनन् । उनको निधन माओ बितेको ८ वर्षपछि मस्कोमै सन् १९८४ मा भयो ।

माओ र हकी जेठी छोरी माओ जिन्ह्वा जसलाई सानैमा एउटा किसान परिवारलाई जिम्मा लगाइएको थियो उनले जीवनमा कहिल्यै आफ्ना आमाबुबालाई देख्न र भेट्न पाइनन् । सन् १९७३ मा हका दाजुले फुजियानमा भेट्टाएका थिए तर उनले पनि आफ्नी भाञ्जीलाई माओसँग भेट्न लगाउन सकेनन् । त्यसैगरी, चिनियाँ कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ‘लङ मार्च’ बारे अध्ययन अनुसन्धान गर्न भनी सन् २००३ मा चीन पुगेका दुई जना ब्रिटिश नागरिकले फुजियानमै एउटी महिलालाई देखेका थिए र उनीहरूले ती महिला माओ जिन्ह्वा नै भएको पुष्टि गरेका थिए । त्यो बेला उनी ६८ वर्षकी थिइन् ।

टिप्पणीहरू