अमेरिकी राष्ट्रपति र उनका सहयोगीलाई पुटिनले शुभकामना नदिने

अमेरिकी राष्ट्रपति र उनका सहयोगीलाई पुटिनले शुभकामना नदिने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जलाई भोलिदेखि शुरु हुने नयाँ वर्षको शुभकामना नदिने भएका छन् । रुसी प्रशासन क्रेमलिनले ती राष्ट्र प्रमुखलाई नयाँ वर्षको शुभकामना नदिने औपचारिक जानकारी गराएको छ ।

तर पुटिनले चीन,टर्की,सिरिया, भेनेजुएलालगायत क्रेमलिनसँग मैत्रीपूर्ण सम्बन्ध रहेका मुलुकका नेताहरूलाई बधाई सन्देश भने पठाएका छन् ।युक्रेनमा पुटिनले अनावश्यक आक्रमण गरेको भन्दै अमेरिका, फ्रान्स र जर्मनीले  मस्कोमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । ‘हामी र उनीहरूबीच झण्डै एक वर्षदेखि कुनै सम्पर्क छैन’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने ।

रुसले गत फेब्रुुअरी २४ का दिन युक्रेनमाथि आक्रमण गरेको थियो । अहिलेसम्म पनि रुस र युक्रेनबीचको विवाद कायम छ ।

टिप्पणीहरू