माओवादी बैठकको निश्कर्ष ‘घिउ कहाँ पोखियो ? दालमा’

माओवादी बैठकको निश्कर्ष ‘घिउ कहाँ पोखियो ? दालमा’

माओवादी केन्द्रको मुख्यालयमा हिजो दिउँसो बाग्मती प्रदेश सभाका सदस्यहरु हुरुरु छिरे । २ बजे बोलाइएको बैठकमा पुग्न धेरैजसो साढे १ बजेदेखि नै त्यहाँ जाँदै गरेको देखिन्थ्यो । प्रदेश सभामा संसदीय दलको नेतृत्व छनौटको विषय मुख्य एजेण्डा थियो । लामो समयदेखि सहमतिको प्रयास गरिए पनि नेतृत्व आकांक्षीहरुबीच कुरो मिलिरहेको थिएन । 

हिजो माओवादी हेडक्वार्टरमा बाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलको अध्यक्षतामा संसदीय दलको बैठक डाकिएको हो । प्रदेश सांसद तथा पूर्वमन्त्री शालिकराम जमरकट्टेल,युवराज चौलागाई,युवराज दुलाल,तारानारायण श्रेष्ठलगायत २० जनाको उपस्थिति थियो । 

झण्डै तीन घण्टासम्मको व्यापक बहसपछि माओवादीले बाग्मती प्रदेश सभा संसदीय दलको नेतामा शालिकराम जमरकट्टेलको नाम सर्वसम्मत गरेको छ । प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको स्वभाविक माग दावीकाबीच पनि नेतृत्वको प्रस्तावअनुरुप जमरकट्टेलको नाम सर्वसम्मत पारित भएको थियो । 

पछिल्लो नयाँ राजनीतिक समीकरणमा बाग्मती प्रदेशमा माओवादीले मुख्यमन्त्री पाउने सम्भावना बढेको छ । त्यसकारण पनि संसदीय दलको नेतामा जमरकट्टेल र पौडेलबीच चर्को हानाथाप हुँदै आएको बताइन्छ  ।

टिप्पणीहरू