आगामी राष्ट्रपतिमा माधव,केपीदेखि सत्यनारायणसम्मको चर्चा

आगामी राष्ट्रपतिमा माधव,केपीदेखि सत्यनारायणसम्मको चर्चा

नेपाली काँग्रेससँगको सत्ता गठबन्धन टुटेर एमालेसहितको सात दलीय गठबन्धन बनेपछि सिंहदरबार,नयाँ बानेश्वरको संसद भवन,शीतल निवास,लैनचौरस्थित ग्रीन हाउसलगायत अधिकांश संवैधानिक पदमा एकथरीको सम्भावना लगभग सकिएको छ । सँगसँगै अर्काथरीको सम्भावना बढेपछि सोहीबमोजिमको जोडघटाउ,चर्चा र अनुमान हुन थालेको छ ।

तत्कालीन गठबन्धन कायम रहँदा काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम राष्ट्रपतिमा सबैभन्दा धेरै चर्चित थियो । तर,गत आइतबार दिउँसोपछि बालकोटमा देखिएको नयाँ राजनीतिक परिस्थितिले अर्कै मोड लिएको छ । 

विशेषगरी एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री र सभामुखमा आलोपालोको सहमति भएको छ । प्रधानमन्त्रीको पहिलो आधा कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिँदा सभामुख एमालेको हुने र दोस्रो आधा कार्यकालमा एमालेको प्रधानमन्त्री र माओवादीको सभामुख हुने सहमति छ । 

सँगसँगै राष्ट्रपतिमा एमाले,अन्य पदमा आवश्यकता र हैसियतअनुसार भागबण्डा हुने कुरा छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोही पदमा तेहर्याउन संविधान बाधक भएकाले पनि नयाँ व्यक्तिको खोजीमा एमाले रहेको प्रष्ट देखिन्छ । सँगसँगै माओवादी नेतृत्वको सरकारलाई आफूले गरेको पूर्ण समर्थनका कारण एमाले संसदमा १० सीट ओगटेर बसेको नेकपा एकीकृत समाजवादीलाई समेत यो वा त्यो नामबाट समेट्न अनिच्छुक छ भन्न सकिने अवस्था छैन ।

सात वटा दलको समर्थन तर रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीभित्रको अस्थिरताले सरकारको सुरक्षित अवतरण र साढे दुई वर्षपछि गठन हुने एमाले नेतृत्वको सरकारको स्थायित्वको निम्ति पनि एकीकृत समाजवादीको १० सीट यतिखेर सत्ता गठबन्धनको निम्ति सहज बन्दै गएको देखिन्छ ।

‘राजनीति भनेको सम्भावनाको अनेक खेल हो ।  राष्ट्रपतिमा सुवासभन्दा मधेशतिरका नेताको सम्भावना बढी छ । त्यस्तो भयो भने स्थायी कमिटी सदस्य तथा बालकोटको विश्वासपात्र भनिएका सत्यनारायण मण्डल उपयुक्त पात्र हुनसक्छन् । मुलुक र दक्षिणतर्फ ब्यालेन्स गर्न पनि सत्यनारायणको नाम अगाडि आउनसक्छ ।’

त्यसैले एमालेभित्रैबाट वातावरण अनुकूल बनाउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने चर्चा चलाइएको स्रोतको दाबी छ । सोही चर्चाका कारण विशेषगरी उपमहासचिव प्रदीप ज्ञवालीलगायतले नेपाललाई स्वीकारेर जान नसकिने धारणा व्यक्त गर्दै आएको भन्नेहरु पनि छन् । एमालेभित्रैका एकथरीले माधवलाई अझ गलाउन खोजिएको र अर्कोथरिले एमाले अध्यक्षले दुईथरी कुरा गरेको भनेका छन् । ‘नेपाललाई बढी गलाउनको निम्ति उक्त प्रचार गरिएको,’भन्नेहरुको मतमा केही दम देखिएको समाजवादीकै एक जना नेता तथा विश्लेषकले बताए ।

उनका अनुसार एकीकृत समाजवादी सामेल भएलगत्तै पार्टी एकीकरणको सवालमा केपी नेतृत्वको एमाले सबैभन्दा ठूलो पार्टी हुने सम्भावना बढ्छ । यस्तो अवस्थामा गठबन्धनमा खटपट हुँदा वर्तमान राष्ट्रपति भण्डारी त्यहाँ हुँदाहुँदै वा आगामी दिनमा सरकार गठनको प्रक्रिया अहिलेको धारा ७६ (२) बाट (३) मा जान्छ । त्यस्तो अवस्थामा पुनः अध्यक्ष ओलीले नै सरकारको नेतृत्व गर्ने सम्भावना प्रवल रहेकोमा धेरैजसोले सहमति जनाएको पाइन्छ । 

यता पार्टीभित्रैबाट पूर्व सभामुख तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने पक्षमा स्वयम् बालकोट समूह उदार नभएको संकेत आइरहेको छ । 

यस्तो अवस्थामा केपीको मनभित्र खेलेको पात्र भन्दै एमालेका केही नेताले थपेका छन्, ‘राजनीति भनेको सम्भावनाको अनेक खेल हो ।  राष्ट्रपतिमा सुवासभन्दा मधेशतिरका नेताको सम्भावना बढी छ । त्यस्तो भयो भने स्थायी कमिटी सदस्य तथा बालकोटको विश्वासपात्र भनिएका सत्यनारायण मण्डल उपयुक्त पात्र हुनसक्छन् । मुलुक र दक्षिणतर्फ ब्यालेन्स गर्न पनि सत्यनारायणको नाम अगाडि आउनसक्छ ।’

हाम्रो आन्तरिक राजनीतिमा चासो राख्ने कतिपय मित्रराष्ट्रसँग ‘ब्यालेन्स’ को सम्बन्ध राख्न पनि सत्यनारायण उपयुक्त पात्र हुनसक्नेतर्फ स्रोतको दाबी छ । यतिखेर मधेशमा धेरै संख्यामा सांसद विजयी भएकाले सत्यनारायणको नामलाई अघि सार्दा सबैतिर सहज हुने अनुमान एमाले नेतृत्वले गरेको हुनसक्छ । 

तर,विगतमा ‘अच्छा’ सम्बन्ध भए पनि एमाले अध्यक्ष ओलीसँग भारतीय संस्थापन पक्ष पछिल्लो समयमा चिढिएको स्वयम् अमरेशकुमारहरुको निश्कर्ष छ । चुच्चे नक्सा र चितवनको ठोरीमा  रामजन्मभूमि भन्ने प्रचारबाजीलाई बिजेपीका नेताहरुले आफूहरुसँग खोँचे थाप्न ल्याइएको विषयको रुपमा बुझेकाले पनि अवस्था सोजेजस्तो सजिलो नभएको विश्लेषण गरिएको छ ।

टिप्पणीहरू