प्रभूको आम जनताले तोक्यो मधेश प्रदेशमा नेतृत्व

प्रभूको आम जनताले तोक्यो मधेश प्रदेशमा नेतृत्व

हालैमात्र नयाँ पार्टी खोलेका प्रभु साहले मधेश प्रदेशका आठ वटै जिल्लाको नेतृत्व बाँडफाँड गरेका छन् । आम जनता पार्टीका अध्यक्ष साहले अध्यक्ष,सचिव र इञ्चार्जको जिम्मेवारी तोकेका हुन् । 

‘पार्टीको अन्तरिम विधान, २०७९ बमोजिम मधेश प्रदेशका आठ वटै जिल्लाको अध्यक्ष,सचिव र इञ्चार्जको जिम्मेवारी निम्नानुसार तोकिएको व्यहोरा जानकारी गराइन्छ’, उनले भनेका छन् । 

पर्साको संयोजकमा कदम रसुल, सचिवमा विश्वराज पटेल,इन्चार्जमा बाबुराम कौशिक तोकिएका छन् । त्यस्तै,बारामा उमेश कुशवाहा संयोजक,राजकिशोर साह सचिव र अशोक लामा इञ्चार्ज रहेका छन् । 

रौतहटमा संयोजकको जिम्मेवारी धर्मेन्द्र पटेलले पाएका छन् । त्यस्तै, पलट चौधरीलाई सचिव र त्रिभुवन साहलाई इञ्चार्जको जिम्मा दिइएको छ । 

सर्लाहीमा तुल्मीप्रसाद हुमागाईले संयोजक सम्हाल्ने भएका छन् । सचिवमा नविन साह र इञ्चार्जमा रिता देवीलाई छानिएको छ । 

महोत्तरीमा विजय साह,प्रमोद महतो र राधेश्याम साहले जिम्मेवारी पाएका छन् । धनुषाको संयोजक र इञ्चार्जमा श्रीलाल महासेठ र सचिवमा बलदेव साह तोकिएका छन् । 

सिरहामा उदय साह संयोजक,धर्मेन्द्र महरा सचिव र बिल्टु यादव इञ्चार्ज बनेका छन् । शिवकुमार महरालाई सप्तरीको संयोजक बनाइएको छ । सुनिलराज दासले सचिव र आरडी आजादले इञ्चार्जको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

टिप्पणीहरू