प्रधानमन्त्रीको टोली पोखराबाट काठमाण्डौ प्रस्थान

प्रधानमन्त्रीको टोली पोखराबाट काठमाण्डौ प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखराबाट राजधानी फर्कनुभएको छ । उहाँ नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनपछि काठमाडौं आउनुभएको हो । 

आज बिहान राजधानीबाट त्यसतर्फ जानुभएको थियो । कार्यक्रममा सहभागी हुन गएका मन्त्रीलगायत सरकारी अधिकारी पनि उहाँसँगै राजधानी आएका छन् । 

बुद्ध एअरको उडानमा प्रधानमन्त्रीसहित दुई दर्जन सरकारी अधिकारीहरु यता आएको बताइएको छ । जसमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागीलगायत हुनुहुन्छ ।

टिप्पणीहरू