एमसीसी परियोजनाविरुद्ध आज पनि प्रदर्शन

एमसीसी परियोजनाविरुद्ध आज पनि प्रदर्शन

काठमाडौंको शंखरापुरा नगरपालिकामा आज पनि स्थानीयले प्रदर्शन गरेका छन् । त्यहाँ निर्माण हुन लागेको एमसीसी परियोजनाअन्तर्गतको विद्युत प्रशारण लाइन (सबस्टेशन) अन्यत्र सार्न माग गर्दै स्थानीयले केही दिनदेखि आन्दोलन गर्दै आएका छन् । 

नगरपालिकाको वडा नम्बर ३,बोजिनीमा उनीहरुले ‘एमसीसी चाहिँदैन’, ‘स्थानीयको जग्गा अतिक्रमण गर्न पाइँदैन’, ‘प्रहरी दमन मूर्दावाद’, ‘प्रहरी फिर्ता गर’, ‘मानव अधिकार हनन गर्न पाइँदैन’, ‘सबस्टेशन तुरुन्त स्थानान्तरण गर’ लगायत नारा लगाएका छन् ।

आज पनि त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 

टिप्पणीहरू