राप्तीका विद्यार्थीलाई नयाँ साइकल

राप्तीका विद्यार्थीलाई नयाँ साइकल

दाङको राप्ती गाउँपालिकामा दलित तथा विपन्न परिवारका विद्यार्थीलाई नयाँ साइकल वितरण गरिएको छ । पालिकाको वडा नम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत गरिब, दलित तथा विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई साइकल बाँडिएको बताइएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा विभिन्न विद्यालयमा अध्ययनरत छात्रछात्रालाई साइकल दिइएको बताइन् । सिपी नेपालले विद्यार्थीलाई पढाइप्रति थप आकर्षित बनाउन साइकल वितरण गरेको उनको भनाइ छ ।

टिप्पणीहरू