संसदबाट ऐन बनाएर रेशमलाई रिहा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

संसदबाट ऐन बनाएर रेशमलाई रिहा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीसहित राजनीतिक आन्दोलनका दौरान मुद्दा लागेर जेल परेकाहरुलाई रिहा गर्न कानुन बनाइने बताउनुभएको छ । 

प्रतिनिधि सभामा आफूले राखेको विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले पूर्ववर्ती सरकारले गरेका सम्झौता र सहमतिअनुसार मुलुकका विभिन्न स्थानमा भएका राजनीतिक संघर्षका क्रममा पक्राउ वा जेल परेकालाई कानुन बनाएर रिहा गर्ने प्रतिबद्धता जनाउनुभएको हो । 

रेशम चौधरी अन्यायमा परेको आफूले बताउँदै आएको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले चौधरीसहितलाई रिहा गर्न चाँडै विधेयक ल्याएर ऐन बनाउने जानकारी दिनुभएको छ । 

यसअघि चौधरीकी श्रीमतीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठले उनको रिहाईको माग गर्दै प्रधानमन्त्रीलाई सशर्त विश्वासको मत दिने बताएकी थिइन् ।

टिप्पणीहरू