ऋषि धमला हिजो पनि भारतीय दूतावासमा, ‘र’ प्रमुखसँग पुनः छलफल

ऋषि धमला हिजो पनि भारतीय दूतावासमा, ‘र’ प्रमुखसँग पुनः छलफल

पत्रकार ऋषि धमला हिजो पनि लैनचौरस्थित भारतीय दूतावास छिरेका छन् । उनले बिहान दूतावासभित्र भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल स्टेशन प्रमुख राघवप्रसाद भट्नागरसँग सवा घण्टा कुराकानी गरेका थिए ।

बिहान १० बजे दूतावास छिरेर साढे ११ बजेतिर निस्किएका हुन् । यसअघि अस्ति दिउँसो पनि धमला उनै भट्नागरसँग भेटघाट गर्न दूतावास छिरेका थिए ।

हिजो भारतीय दूतावासमा विनय यादव पनि गए । यादवले दूतावासका प्रवक्ता नवीनकुमारसँग भेटवार्ता गरेको बताइन्छ । दिउँसो लञ्चपछि पुगेका उनी सवा २ बजेको समयमा बाहिरिए ।

यादव राष्ट्रिय एकता अभियानका अध्यक्ष हुन् । उनी बेला बेलामा चीन विरोधी क्रियाकलापमा संलग्न हुने गरेका छन् ।

टिप्पणीहरू