आङकाजीको नेतृत्वमा विरोध र्‍याली र कोणसभा हुँदै

आङकाजीको नेतृत्वमा विरोध  र्‍याली र कोणसभा हुँदै

सरकारले आज घोषणा गरेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको विरोधमा र्याली र कोणसभाको आयोजना गरिने भएको छ । आङकाजी शेर्पा र उनको नेतृत्वमा एउटा समूहले न्युरोड गेटबाट  र्‍याली निकाल्ने जानकारी दिएको छ ।

 र्‍याली बसन्तपुरमा पुगेर कोणसभामा परिणत हुने बताइए पनि समय तोकिएको छैन । उनीहरुले मंगोल नेशनल अर्गनाइजेसनले कीर्तिपुरमा आयोजना गरेको विरोध कार्यक्रमपछि न्युरोडमा पनि त्यस्तै कार्यक्रम गर्न लागेका हुन् । कीर्तिपुरमा बिहान ८ बजे विरोध कार्यक्रम राखिएको छ ।

उता देशभक्त जनगणतान्त्रिक मोर्चाले राजतन्त्र फर्काउने कुत्सित षड्यन्त्रविरुद्ध भण्डाफोर कार्यक्रम राखेको छ । आज दिइएको राष्ट्रिय बिदालाई मोर्चाले राजतन्त्र फर्काउने षड्यन्त्रको रुपमा लिएको हो । उनीहरुको कार्यक्रम मध्यान्ह १२ बजे माइतीघर मण्डलामा राखिएको छ ।

टिप्पणीहरू