काभ्रेमा एकाबिहानै खोला किनार पुरुषको लाश फेला

काभ्रेमा एकाबिहानै खोला किनार पुरुषको लाश फेला

पनौती नगरपालिका वडा नम्बर ४ को पशुपति मन्दिर र बसपार्क वीचमा रहेको खोला किनारमा एक पुरुषको लाश फेला परेको छ। आज बिहान स्थानीयले लाश देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृत फेला पर्नेमा गाडीको सहचालक रहेको बताइएको छ।

घटनास्थलमा भर्खरै प्रहरी टोली पुगेर अनुसन्धान भइरहेकोले थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशीले जनआस्थलाई जानकारी दिनुभयो ।

टिप्पणीहरू