गण्डकीका नयाँ मुख्यमन्त्री एकाबिहानै बालुवाटारमा

गण्डकीका नयाँ मुख्यमन्त्री एकाबिहानै बालुवाटारमा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी आज बिहान बालुवाटार पुग्नुभएको छ । उहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न त्यहाँ जानुभएको हो ।

भूतपूर्व स्वास्थ्य र गृहमन्त्रीसमेत रहनुभएका अधिकारी हालै गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । उहाँ बिहान ७ बजे बालुवाटार पुगेर आधा घण्टापछि त्यहाँबाट निस्कनुभएको एमाले स्रोतले बतायो ।

टिप्पणीहरू