इलाममा कार दुर्घटना, ‘गुरुजी’ र ‘साहुजी’ दुबै सिकिस्त

इलाममा कार दुर्घटना, ‘गुरुजी’ र ‘साहुजी’ दुबै सिकिस्त

इलामको सूर्योदय नगरपालिका–११, शान्तिगोलामा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । 

श्रीअन्तुबाट इलाम बजारतर्फ जाँदै गरेको बा. २१ च ७९७१  नम्बरको कार दुर्घटना हुँदा कार साहु र चालक घाइते भएका हुन् । ब्रेक फेल भएर सो दुर्घटना भएको प्रहरीले बताएको छ । 

घाइते चालक र कार साहुको नाम खुलेको छैन भने घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
 

टिप्पणीहरू