मोटरसाइकल ठक्करबाट घाइते पुरुष बिते

मोटरसाइकल ठक्करबाट घाइते पुरुष बिते

मकवानपुरको बागमती गाउँपालिका–७ लामिटारमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्मती गाउँपालिका–७ लामिटार बस्ने ४७ वर्षीय सिन्ताङ साईला भन्ने बलबहादुर सिंतान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार धरान–चतरा सडकखण्डअन्तर्गत बिहिबार दिउँसो फापरबारीबाट झुरझुरे तर्फ जाँदै गरेको बा.प्र ०३–००३ प ७२०७ नम्बरको मोटरसाइलकले सिंतानलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

उनको तत्कालै उद्दार गरी उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पतालमा ल्याईएको थियो । थप उपचारको निम्ति पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा शुक्रबार डाक्टरले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जनआस्थासँग भन्नुभयो ।
 

टिप्पणीहरू