क-कसले कुन कुन ट्राभल एजेन्सीबाट टिकट काटेका रहेछन् ?

क-कसले कुन कुन ट्राभल एजेन्सीबाट टिकट काटेका रहेछन् ?

आज पोखरामा दुर्घटनाग्रस्त यति एअरलाइन्सको जहाजमा सवार अधिकांश यात्रुले अनलाइन टिकट लिएको पाइएको छ । प्राप्त विवरणअनुसार केही यात्रुले मात्रै ट्राभल एजेन्सीबाट टिकट काटेर पोखरा उडेका थिए । 

विमानमा ५३ नेपाली र १५ विदेशी नागरिकसहित ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । जसमध्ये १३ जनाले विभिन्न ट्राभल एजेन्सीबाट टिकट लिएका थिए भने बाँकीले अनलाइनबाट लिएको पाइयो । 

विदेशीतर्फ अर्जेन्टिनाका जेनितसन्डरा पालाभेकिनोले मात्रै ट्राभल्सबाट टिकट लिएका थिए । बाँकी सबैले अनलाइन टिकट लिएका हुन् । 

त्यस्तै,नेपाली यात्रुहरु अनुश गुरुङ,रकी गुरुङ, शिव गुरुङ,रविन हमाल, सविना रायमाझी, अनिल शाही र राजु ठकुरीले नेपाल ट्राभल्स एण्ड टुर्सबाट टिकट काटेका थिए । सीता गुरुङ र बेलमान गुरुङले ढोरपाटन ट्राभल्स,बुया गुरुङ र माया गुरुङले पोइन्ट्स ट्राभल्सबाट टिकट लिएको विवरणमा उल्लेख छ। 

आज बिहान १०ः३२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको यति एअरलाइन्सको ६९१ एटीआर ७२ जहाज अवतरण गर्ने क्रममा सेती खोंचमा दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त विमानमा ३७ पुरुष,२५ महिला, ३ बालक र ३ शिशु सवार थिए । 

दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकीको उद्दार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू