सबैले ‘कम्फर्टेबल’ राष्ट्रपति खोजेको चित्रबहादुर केसीको भनाइ

सबैले ‘कम्फर्टेबल’ राष्ट्रपति खोजेको चित्रबहादुर केसीको भनाइ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सबै दलले कम्फर्टेबल राष्ट्रपति खोजेको बताउनुभएको छ । उहाँले आज संसद बैठकमा बोल्दै दलहरुबीचको लडाईं त्यसैको लागि भएको उल्लेख गर्नुभएको छ ।

‘अबको लडाईं भनेकै आगामी राष्ट्रपति हो । सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ । कम्फर्टेबल सभामुख चाहिएको छ’ । उपसभामुखको चुनावअघि भएको संसद बैठकलाई सम्बोधन गर्दै केसीले दलहरुले सभामुखमा पुरुष उठाएर उपसभामुखको उम्मेदवार महिला बनाएकोमा विरोध जनाउनुभएको छ । 

केसीले नेपाल पितृसत्तात्मक मुलुक भएकाले महिलालाई दोस्रो दर्जाको नागरिक मान्ने गरेको ठहर गर्नुभएको छ । केसीको भनाइ छ, ‘बैठकमा जसरी उपसभामुखको तारिफ भएको छ, यो कृत्रिम हो । किनभने उपसभामुखको अधिकार के हुन्छ र ?’

टिप्पणीहरू