सुकुम्बासी हटाउन रवि र बालेनबीच बातचित

सुकुम्बासी हटाउन रवि र बालेनबीच बातचित

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । काठमाडौँका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्ती हटाउने प्रयास गर्दै आएका मेयर बालेन सहयोग माग्न गृहमन्त्रीकहाँ पुगेका हुन् ।  

उनीहरुबीच महानगरभित्रको सुकुम्बासी समस्या समाधानका सम्बन्धमा कुराकानी भएको बताइएको छ । छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानमा सकारात्मक रहेको बताएका थिए । 

केही समयअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै सुकुम्बासी समस्या समाधान गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । जवाफमा मन्त्रालयले प्रक्रिया पुर्याएरमात्रै काम गर्ने जनाएको थियो ।
 

टिप्पणीहरू