संविधान च्यातेर नागरिकता कायम गराउन सकिएला र श्रीमान् !

संविधान च्यातेर नागरिकता कायम गराउन सकिएला र श्रीमान् !

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा परेको मुद्दाउपर सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुनः बहस शुरु भएको छ । कायम नै नरहेको नागरिकता प्रयोग गरेर प्रतिनिधिसभाको उम्मेदवार बनेको,निर्वाचन आयोगलाई पङ्गु बनाएको,अमेरिका र नेपालको नागरिकतासहित राहदानी एकै पटक प्रयोग गरेको आरोप उनीमाथि लागेको छ । 

अस्ति बुधवारको बहस नसकिएकोले अहिले पुनः संवैधानिक इजलासमा त्यसलाई निरन्तरता दिइएको छ । रिट निवेदकहरु रविराज बसौला र युवराज पौडेल पक्षका कानुन व्यवसायीहरुले जवाफी बहस थालेका छन् ।

लामिछानेसँग ९ वर्षदेखि नेपालको नागरिकता नै नरहे पनि सोही हैसियतमा राज्यको जिम्मेवारी निर्वाह गर्न थालेको मुख्य आरोपमाथि बहस केन्द्रित छ । ०७२ असोज ३ गते जारी नेपालको संविधान भाग २, नागरिकता खण्ड,धारा ११ को उपधारा २ (क) बमोजिम उनको नागरिकता नै कायम नरहेको प्रष्ट हुन्छ ।

'उपधारा २ बमोजिम वंशजको नागरिकता प्राप्त गर्न यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोबास भएको व्यक्ति हुनैपर्ने उल्लेख छ । उपधारा २ (क) मा भनिएको छ, ‘यो संविधान प्रारम्भ हुनुभन्दा अघि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति नेपालको नागरिक बन्न योग्य हुनेछ ।’

उपधारा २ बमोजिम वंशजको नागरिकता प्राप्त गर्न यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोबास भएको व्यक्ति हुनैपर्ने उल्लेख छ । उपधारा २ (क) मा भनिएको छ, ‘यो संविधान प्रारम्भ हुनुभन्दा अघि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति नेपालको नागरिक बन्न योग्य हुनेछ ।’

तर २०७२ असोज ३ गते नेपालको संविधान जारी हुँदाका बखत लामिछानेले अमेरिकाको नागरिकता र राहदानी प्रयोग गरिसकेको देखिन्छ । उनले त्यसअघि नै ०५० सालमा प्राप्त नेपाली नागरिकको हैसियत छाडेर अमेरिकी हैसियत बनाएकाले नेपाली नागरिकको वैधानिक हैसियत गुमाएको उनैको अप्रत्यक्ष  स्वीकारोक्ति छ । उनले सन् २०१८ मा मात्रै अमेरिकी नागरिकता त्यागेको बताएका छन् । तर,नेपाली नागरिकता पुनः प्राप्त गर्ने प्रक्रिया भने आजसम्म थालेकै छैनन् ।

नेपालमा संविधान जारी हुँदाको बखत लामिछाने नेपालको नागरिक थिएनन् । उनले त्यसअघि २०५० सालमा प्राप्त गरेको नागरिकता संविधान जारी गर्नु अगावै त्यागेर २०७० फागुन ९ मा अमेरिकी नागरिकता र त्यसको १२ दिनपछि फागुन २१ गते अमेरिकी राहदानी लिएको बकायदा देखिन्छ । उनले वंशजको आधारमा लिएको भनिएको पुरानो नागरिकता स्वतः निष्क्रिय हुँदा रविसमेत गैरनेपाली नागरिक बनेका हुन् ।

यसबारे एक जना वरिष्ठ अधिवक्ता भन्छन्, ‘कानुनतः लामिछाने नेपाली नागरिकको हैसियतमा छैनन् । बुधवारको बहसमा पनि न्यायाधीश अनिल सिन्हाले सोही सन्दर्भ कोट्याउनुभएको थियो ।’ उनी २०७१ जेठ २२ मा अमेरिकी पासपोर्ट र नेपाली भीसामा नेपाल आएका र २०७२ जेठ १३ गते कायमै नरहेको पुरानो नागरिकताको आधारमा नेपाली राहदानी बनाएका हुन् । सोही राहदानी बोकेर जापान र कोरियाको समेत भ्रमण गरेको अध्यागमनको अभिलेखबाट देखिन्छ ।

त्यसको केही समयपछि लामिछानेले गृह मन्त्रालयमा आफूले गर्न लागेको वैदेशिक लगानी अनुमतिको निम्ति निवेदन पेश गरेका थिए तर त्यसनिम्ति स्वीकृति पाएको कागजात देखाउन सकेका छैनन्  ।​​​​​​काठमाडौंस्थित अमेरिकी दूतावासमा अमेरिकी पासपोर्ट र नागरिकता बुझाएको दाबी गर्दै आएका लामिछानेले स्वतः नेपाली नागरिक कायम भएको बताए पनि संविधान र कानुनको भाषामा उनको हैसियत गैरकानुनी देखिन्छ । 

यसअघि रविले राजावादी भएकाले आफूलाई माओवादीले मार्न लागे भन्दै शरणार्थीको हैसियत दावी गरेर देश दुःखमा परेको बेला भागीभागी अमेरिकी नागरिकता लिएका हुन् । यता सप्ठ्यारो,उता अप्ठ्यारो पर्दै गएपछि बिछट्टै स्वदेशको माया उम्लने लोभी, अनुशासनहीन र अनैतिक प्रवृतिलाई संवैधानिक प्रावधानको कसीमा राखेर श्रीमानहरुले विवेचना गर्नुहुने नै छ भन्ने आमअपेक्षा रहेको पाइन्छ ।

टिप्पणीहरू