स्वास्थ्यका हाकिम पैसामा असक्त

स्वास्थ्यका हाकिम पैसामा असक्त

स्वास्थ्य कार्यालय जुम्लाका तत्कालिन कार्यालय प्रमुख अंगदबहादुर शाहीसहित तीन जनामाथि भ्रष्टाचारको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनै जनामाथि भ्रष्टाचारको अभियोगमा आज विशेष अदालतमा मुध्दा चलाएको हो । 

कार्यालय प्रमुख शाहीसहित तीन जनाले मेडिकल सामग्री खरिद गर्दा झूठो बील बनाएर भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । कार्यालयका स्टोरकिपर गोविन्द खनाल र सिताराम चौधरीको मिलोमत्तोमा फर्जी खरिद बिल पेश गरेर भ्रष्टाचार गरेको अख्तियारकको दावी छ ।

उनीहरुविरुद्ध परेको उजुरीका आधारमा अनुसन्धान गर्दा मेडिकल सामग्रीहरु खरिद नगरी बिल पेश गरेर रकम बुझेको पाइएपछि मुद्धा चलाइएको अख्तियारले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार शाही र खनालमाथि ८१ हजार ८२२ रुपैँया विगो माग गरिएको छ । त्यसमध्ये पनि शाहीले कार्यालयको खर्चबाट सात हजार ७०७ रुपैँया बराबरको रकम व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको अख्तियारको भनाई छ । 

त्यस्तै, अख्तियारको अनुसन्धानमा बाँके डडुवा गाउँपालिका कार्यालय छैैटौँ पदमा कार्यरत सिताराम चौधरीले सञ्चालनमा नै नरहेको फार्मेसी सञ्चालन गरेको भनी अनाधिकार तरिकाले झूठो बिल उपलब्ध गराएको खुलेपछि उनीविरुद्ध पनि मुद्धा दर्ता गरिएको हो ।

टिप्पणीहरू