चोरीको चुरोट किनेको आरोपमा वडाध्यक्ष पक्राउ

चोरीको चुरोट किनेको आरोपमा वडाध्यक्ष पक्राउ

बाराको कलैया उपमहानगरपालिका ३ का वडाध्यक्ष मोहन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चुरोट चोरेको आरोपमा उनलाई प्रहरीले समातेको हो । 

गणेश साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका व्यक्तिले चुरोट वडाध्यक्षले खरिद गरेको बयान दिएपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
 

टिप्पणीहरू