सबै श्रेणीहरू

एमाले अध्यक्ष पुग्नुअघि बालुवाटारमा रविसँग प्रधानमन्त्रीको छलफल

एमाले अध्यक्ष पुग्नुअघि बालुवाटारमा रविसँग प्रधानमन्त्रीको छलफल

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । लामिछाने बिहान ८ बजेको समयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको बताइन्छ । 

प्रधानमन्त्रीसँग झण्डै आधा घण्टा कुराकानी गरेपछि लामिछाने त्यहाँबाट फर्केका हुन् । रवि निस्केको एक घण्टापछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुग्नुभएको थियो । 

एमाले अध्यक्ष र प्रधानमन्त्रीबीच पौने २ घण्टा कुराकानी भएको बताइएको छ । यसअघि लामिछाने हिजो साँझ शीतल निवास पुगेका थिए । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग लामिछानेले आधा घण्टा कुराकानी गरेका हुन् ।